काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य सामान्य बढेको छ ।
आज सुन तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४३ हजार रुपैयँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।


