काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य सामान्य घटेको छ ।
आज सुन तोलामा १३ सय रुपैयाँले घटेर प्रतितेला २ लाख ४१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रतितोला २ लाख ४३ हजार रुपैयँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


