काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य घटेको छ ।
आज सुन तोलामा १९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार १ सय १५ रुपैयाँमा कारोबार भएको छ ।


