काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य अंकले बढेको छ ।
आज बजार ९.६१ अंकले बढेर २६६५.६० को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । बजार बढेसंगै कारोबार रकम पनि बढेको छ । मंगलबार ५ अर्ब ८२ करोडको कारोबार भएको बजारमा आज ६ अर्ब ६९ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १४२ कम्पनीको सेयर मुल्य बढेको छ भने १०४ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ११ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


