मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार १०.४३ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
मंसिर ११, २०८२ बिहीबार
  • 157
    SHARES
  • बिहिबार १०.४३ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार सामान्य बढेको छ । 

    images

    आज बजार १०.४३ अंकले बढेर २६७६.०३ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार बढे पनि बिहिबार कारोबार रकम भने सामान्य घटेको छ । बुधबार ६ अर्ब ६९ करोडको कारोबार भएको बजारमा आज ६ अर्ब ६६ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १३१ कम्पनीको सेयर मुल्य बढेको छ भने १२१ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ६ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    बिहिबार पाँच वटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जि, श्रिनगर एग्रिटेक इन्डस्ट्रि र एनआरएन इन्फ्रास्टक्चरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । 

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार