मंगलबार, भाद्र २३ गते २०८३
images

सेबोनद्वारा भुजुङ्ग हाइड्रोपावरलाई २० लाख कित्ता आईपीओ निष्कासन अनुमति

एक्सप्रेस पाना
मंसिर १२, २०८२ शुक्रबार
  • 149
    SHARES
  • सेबोनद्वारा भुजुङ्ग हाइड्रोपावरलाई २० लाख कित्ता आईपीओ निष्कासन अनुमति

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले भुजुङ्ग हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । 

    images

    सेबोनले कम्पनीलाई प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका २० लाख कित्ता शेयर जारी गर्न स्वीकृति प्रदान गरेको हो ।

    उक्त आईपीओ आयोजना प्रभावित स्थानीयसमेत सर्वसाधारणका लागि खुला गरिनेछ । यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । हाल भुजुङ्ग हाइड्रोपावरमा संस्थापक समूहको ८० प्रतिशत शेयर स्वामित्व छ । कम्पनीको हालको ८० करोड रुपैयाँ चुक्तापूँजी आईपीओपछि बढेर १ अर्ब रुपैयाँ पुग्नेछ ।

    images

    कम्पनीले लमजुङ जिल्लामा ७.५ मेगावाट क्षमताको ‘अपर मिदि जलविद्युत आयोजना’ निर्माण सम्पन्न गरिसकेको छ । कम्पनीका अनुसार सो आयोजना २०८१ वैशाख ६ गतेदेखि व्यावसायिक उत्पादनमा आइसकेको छ ।

    भुजुङ्ग हाइड्रोपावरले २०७६ भदौ २६ गते विद्युत उत्पादन लाइसेन्स प्राप्त गरेको थियो, जसको अवधि २१११ भदौ २५ गतेसम्म कायम रहनेछ । यस आईपीओ जारी भएपछि परियोजनाको लगानी संरचना थप सुदृढ हुने तथा कम्पनीको दीर्घकालीन वित्तीय क्षमतामा सुधार आउने अपेक्षा गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # आईपीओ
  • # भुजुङ्ग हाइड्रोपावर