काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य घटेको छ ।
आज बजार ४.२८ अंकले घटेर २६४५.२४ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । बजार घटेसंगै सोमबार कारोबार रकम पनि घटेको छ । आइतबार ७ अर्ब ८ करोडको कारोबार भएको बजारमा सोमबार ४ अर्ब ७१ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १२४ कम्पनीको सेयर मुल्य बढेको छ भने १२६ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ८ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


