काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य सामान्य घटेको छ ।
आज सुन तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोवार भएको थियो ।
त्यसैगरी चाँदी प्रतितोला ३ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
.jpg)


