काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज बजार २१.४८ अंकले घटेर २६०९.६९ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार घटे पनि कारोबार रकम भने सामान्य बढेको छ । बुधबार ५ अर्ब २३ करोडको कारोबार भएको बजारमा आइतबार ५ अर्ब ३३ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ४६ कम्पनीको सेयर मुल्य बढेको छ भने २०४ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ८ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


