मंगलबार, कार्तिक १८ गते २०८३
images
images

फेरि बढ्यो अन्डाको मुल्य,भोलिबाट नयाँ दर लागू

एक्सप्रेस पाना
मंसिर २२, २०८२ सोमबार
  • 139
    SHARES
  • फेरि बढ्यो अन्डाको मुल्य,भोलिबाट नयाँ दर लागू

    काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको भाउ बढाएको छ ।

    images

    संघले मंगलबारदेखि लागुहुने गरी सोमबार नयाँ मूल्यसूची सावर्जनिक गरेको छ । संघको सोमबार बसेको कार्यसमिती बैठकको निर्णयले अण्डा उत्पादन र बजार अवस्थाको समिक्षा गर्दै मूल्य बढाएको हो ।

    संघले हरेक क्रेटमा २० रुपैयाँको दरले अण्डाको मूल्य वृद्धि गरेको जनाएको छ । नयाँ मूल्यअनुसार सबैभन्दा ठूलो अन्डाको भाउ प्रतिक्रेट ५८० रुपैयाँ पुगेको तोकिएको छ । त्यस्तै, ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५६५ रुपैयाँ र मध्यम अन्डाको मूल्य प्रतिक्रेट ५५० रुपैयाँ तोकिएको छ ।

    images

    यसअघि १३ मंसिरमा संघले सबैभन्दा ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५६० रुपैयाँ, ठूलो अन्डा ५४५ रुपैयाँ र मध्यम अन्डा ५३० रुपैयाँ निर्धारण गरेको थियो । पहिलो पटक मूल्य बढाएको १० दिन भित्रै संघले दोस्रो पटक अण्डाको मूल्य बढाएको हो ।

  • सम्बन्धित विषय:

  • # अन्डाको मुल्य