मंगलबार, कार्तिक १८ गते २०८३
images
images

भुजुङ हाइड्रोपावर लिमिटेडले पुस ३ गतेदेखि आईपीओ निष्कासन गर्दै

एक्सप्रेस पाना
मंसिर २३, २०८२ मंगलबार
  • 125
    SHARES
  • भुजुङ हाइड्रोपावर लिमिटेडले पुस ३ गतेदेखि आईपीओ निष्कासन गर्दै

    काठमाडौं । भुजुङ हाइड्रोपावर लिमिटेडले पुस ३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आईपीओ निष्काशन गर्ने भएको छ ।

    images

    कम्पनीलाई जारी पूँजी १ अर्ब रुपैयाँमध्ये २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरका २० लाख
    कित्ता साधारण शेयर निष्काशनको अनुमति प्राप्त छ । यसमध्ये १० करोड रुपैयाँ बराबरका १० लाख कित्ता प्रतिशेयर १०० रुपैयाँ दरका शेयर आयोजना प्रभावित स्थानीयहरूका लागि खुला गरिनेछ ।

    त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको भागको १० प्रतिशत बराबरको १ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका, श्रम स्वीकृति प्राप्त नेपालीहरूका लागि खुला गरिनेछ । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

    images

    आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्काशन छिटोमा पुस १७ गते र ढिलोमा माघ २ गते बन्द हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा पुस ७ गते र ढिलोमा पुस १७ गतेसम्म आवेदन दिन सकिनेछ ।

  • सम्बन्धित विषय:

  • # भुजुङ हाइड्रोपावर लिमिटेड