मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार सेयर बजारमा सामान्य सुधार,कारोबार रकम भने घट्यो

एक्सप्रेस पाना
मंसिर २३, २०८२ मंगलबार
  • 150
    SHARES
  • मंगलबार सेयर बजारमा सामान्य सुधार,कारोबार रकम भने घट्यो

    काठमाडौं । केहि दिनदेखी लगातार घटेको सेयर बजार मंगलबार सामान्य बढेको छ । 

    images

    साताको तेस्रो कारोबार दिन मंगलबार बजार ७.३९ अंकले बढेर २६१४.०७ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । बजार बढे पनि कारोबार रकम भने घटेको छ । सोमबार ४ अर्ब ६६ करोडको कारोबार भएको बजारमा मंगलबार ३ अर्ब ७५ करोडको कारोबार भएको छ । 

    त्यसैगरी आज १४८ कम्पनीको सेयर मुल्य बढेको छ भने १०१ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ९ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    images

    यससिदन तीन कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

    स्वस्तीक लघुवित्त, श्रीनगर एग्रिटेक र माथिल्लो मैलुङ खोलाको शेयर मूल्य १० प्रतिशतले बढेको हो । यस्तै, स्वेतगंगा हाइड्रोको शेयर मूल्य पनि प्रतिकित्ता ८.७६ प्रतिशतले बढेर ४१९.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, यसदिन हिमस्टार उर्जा कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ३.८८ प्रतिशतले घटेर ९९० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

    कारोबार रकमका आधारमा यसदिन नाग्दी ग्रुप पावर लिमिटेड, लक्ष्मी सनराइज बैंक, राधी जलविद्युत कम्पनी र युनिभर्सल पावर कम्पनीको शेयर सबैभन्दा बढी कारोबार भएको छ ।

    १३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको हो ।

  • सम्बन्धित विषय:

  • # नेप्से