काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार दोहोरो अंकले बढेको छ ।
आज बजार १८.३७ अंकले बढेर २६१९.९९ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार बढे पनि मंगलबार कारोबार रकम भने घटेको छ । सोमबार ३ अर्ब ४४ करोडको कारोबार भएको बजारमा मंगलबार ३ अर्ब २९ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १८७ कम्पनीको सेयर मुल्य बढेको छ भने ६१ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ११ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


