काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार झिनो अंकले बढेको छ ।
आज बजार ५.७० अंकले बढेर २६२५.७० को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बुधबार बजार बढेसंगै कारोबार रकम पनि बढेको छ । मंगलबार ३ अर्ब २९ करोडको कारोबार भएको बजारमा बुधबार ४ अर्ब भन्दा बढिको कारोबार भएको छ ।
त्यसैगरी आज १४३ कम्पनीको सेयर मुल्य बढेको छ भने १०४ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ११ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।


