काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज बजार १९.९२ अंकले घटेर २५९५.१० को विन्दुमा बन्द भएको नेप्सेले जनाएको छ ।
बजार घटेसंगै आइतबार कारोबार रकम पनि सामान्य घटेको छ । बिहिबार ४ अर्ब ५७ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ५२ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ४३ कम्पनीको सेयर मुल्य बढेको छ भने २०७ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ७ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


