बुधबार, भाद्र २४ गते २०८३
images

प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै जेनजी समूहको आन्दोलन

एक्सप्रेस पाना
पौष ७, २०८२ सोमबार
  • 171
    SHARES
  • प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै जेनजी समूहको आन्दोलन

    काठमाडौं । मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले काठमाडौंको माइतीघरमा सोमबारदेखि आन्दोलन सुरू गरेको छ ।

    images

    प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा माग गर्दैै अन्तरिम सरकारलाई दबाब दिन उनीहरुले आन्दोलन सुरु गरेका हुन् ।

    प्रदर्शनका क्रममा राजीनामा माग गर्दै नाराबाजी गर्ने केही जेनजीहरूलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । आन्दोलनका अगुवा ढुंगाना समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आन्दोलनमा ढुङ्गानाले अहिले कै अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउने भन्दै त्यसैले निर्वाचन गराउनुलाई मात्रै सरकारले ठूलो उपलब्धि ठान्न नमिल्ने बताए ।

    images

    त्यस्तै उनले देशलाई निकास नदिई,जेनजीको माग पूरा नगरी निर्वाचन गर्नुको कुनै औचित्य नरहेको धराणा राखे । आन्दोलनमा डा.निकोलस भूसालको समूह पनि सहभागिता रहेको छ । प्रदर्शनका क्रममा भुसाललगायत केही जेनजीहरूलाई पनि प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।

    आन्दोलनकारीहरुले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग अघि सार्दै ‘जेनजीको माग चुनाव होइन, सुशासन हो’ नारा लगाएका छन् ।

  • सम्बन्धित विषय:

  • # जेनजी समूह