काठमाडौं । लगातार ओरालो लागेको सेयर बजार साताको दोस्रो कारोबार दिन सोमबार पनि दोहोरो अंकले घटेको छ ।
आज बजार १३.८८ अंकले घटेर २५८१.२१ को विन्दुमा बन्द भएको नेप्सेले जनाएको छ ।
बजार घटेसंगै सोमबार कारोबार रकम पनि घटेको छ । आइतबार ४ अर्ब ५२ करोडको कारोबार भएको बजारमा सोमबार ३ अर्ब ५१ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ५४ कम्पनीको सेयर मुल्य बढेको छ भने २०० कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ५ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।
यसदिन एसवाई प्यानलको आएईपीओ सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन उक्त कम्पनीको शेयरमूल्य ६८ रुपैयाँ ४० पैसा बढेर ७५३ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, यस दिन १०.२५ प्रतिशत सिटिजन्स बैंक डिबेञ्चर २०८६ को मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने १०.२५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ को मूल्य करिब ६ प्रतिशत बढेको छ ।
यस्तै, आज कारोबारमा आएका मध्ये मानुषी लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ६.८४ रुपैयाँले घटेर १४९९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, लक्ष्मी लघुवित्तको शेयर मूल्य पनि प्रतिकित्ता ५.५८ प्रतिशतले घटेर ९३७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
कारोबार रकमका आधारमा यस दिन लुम्बीनी विकास बैंक, सन नेपाल लाईफ इन्स्योरेन्स, मञ्जुश्री फाइनान्स र हिमालयन पावर पार्टनरको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो । कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.२६ प्रतिशत घटेको छ । त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।


