मंगलबार, भाद्र २३ गते २०८३
images

४७.५५ अंकले बढ्यो नेप्से,५ अर्ब ५३ करोडको कारोबार

एक्सप्रेस पाना
पौष १३, २०८२ आइतबार
  • 196
    SHARES
  • ४७.५५ अंकले बढ्यो नेप्से,५ अर्ब ५३ करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । 

    images

    आज बजार ४७.५५ अंकले बढेर २६३३.४२ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । आज बजार १.८३ प्रतिशतले बढेको हो । 

    बजार बढेसंगै आइतबार कारोबार रकम पनि बढेको छ । बुधबार ३ अर्ब २२ करोडको कारोबार भएको बजारमा आज ५ अर्ब ५३ करोडको कारोबार भएको छ । त्यसैगरी आज २३८ कम्पनीको सेयर मुल्य बढेको छ भने २१ कम्पनीको सेयर मुल्य घटेको छ । 

    images

    त्यसैगरी आज मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य करिब ७ प्रतिशत र अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढीले बढेको छ । यद्यपि, कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने यस दिन सर्वाधिक १० प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर यस दिन शीर्ष स्थानमा रह्यो । सो कम्पनीको २७ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, मञ्जुश्री फाइनान्सको करिब २४ करोड ५० लाख रुपैयाँ र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको २२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

    आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वित्त उपसमूह सर्वाधिक २.७० प्रतिशतले बढेको छ । विकास बैंक र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढ्दा बैंकिङ, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

  • सम्बन्धित विषय:

  • # नेप्से