काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य घटेको छ ।
आज १०.५३ अंकले घटेर २६२२.८८ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार घटेसंगै सोमबार कारोबार रकम पनि घटेको छ । आइतबार ५ अर्ब ५३ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ७७ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ८५ कम्पनीको सेयर मुल्य बढेको छ भने १६५ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ९ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।
सोमबार एसवाई प्यानल नेपालको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यस्तै, ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाईमूल्य करिब १० प्रतिशतले वृद्धि हुँदा कर्पोरेट डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढीले बढेको छ । यसदिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने १० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा पनि एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहँदै २३ करोड २ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ । त्यसपछि मञ्जुश्री फाइनान्सको करिब १८ करोड र शिवम् सिमेन्ट्सको साढे १३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
आज १३ उपसमूहमध्ये सोमबार विकास बैंक र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य रूपमा बढ्दा बाँकी ११ उपसमूह घटेका छन् । यद्यपि, घटेका उपसमूहहरूको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ ।


