आइतबार, भाद्र २८ गते २०८३
images

आजदेखी अंग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु

एक्सप्रेस पाना
पौष १७, २०८२ बिहीबार
  • 76
    SHARES
  • आजदेखी अंग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु

    काठमाडौं । आजदेखि इस्वी संवत् २०२६ औपचारिक रूपमा सुरु भएको छ।

    images

    सन् २०२५ को बिदाइसँगै विश्वभर नयाँ वर्षको स्वागत गर्दै शुभकामना आदान–प्रदान भइरहेको छ। नयाँ वर्षको आगमनसँगै विश्वका विभिन्न मुलुकमा उत्सव, सांस्कृतिक कार्यक्रम तथा विशेष समारोह आयोजना गरिएको छ।

    नेपालमा पनि राजधानी काठमाडौंसहित पोखरा, सौराहा, ठमेल, बौद्धलगायत स्थानमा नयाँ वर्षको स्वागतमा विभिन्न कार्यक्रम आयोजना भइरहेका छन्। सर्वसाधारण, युवा तथा पर्यटकहरू उत्साहका साथ नयाँ वर्ष मनाइरहेका छन्।

    images

    नयाँ वर्षको अवसरमा सामाजिक सद्भाव, शान्ति, समृद्धि र सकारात्मक परिवर्तनको अपेक्षा गरिएको छ। विभिन्न संघसंस्था, राजनीतिक दल तथा व्यक्तित्वहरूले शुभकामना सन्देश जारी गरेका छन्।

    इस्वी संवत् २०२६ ले विश्वभर नयाँ आशा, नयाँ संकल्प र नयाँ सम्भावनाको सुरुवात गराएको विश्वास गरिएको छ।

  • सम्बन्धित विषय:

  • # नयाँ वर्ष