काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज बजार १२.८३ अंकले घटेर २६२०.९२ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बजार घटेसंगै बिहिबार कारोबार रकम पनि घटेको छ । बुधबार ५ अर्ब १३ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ७१ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ६३ कम्पनीको सेयर मुल्य बढेको छ भने १८९ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ८ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । बिहिबार वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यसैगरी, एसवाई प्यानल नेपालको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ भने हिम स्टार उर्जा कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यता, ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाईमूल्य यस दिन सर्वाधिक १० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ । कम्पनीको बिहीबार २३ करोड ४१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यसपछि शिवम् सिमेन्ट्सको करिब १४ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने बुटवल पावर कम्पनीको कारोबार रकम १२ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये बिहीबार १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । ‘अन्य’ उपसमूहको परिसूचक सामान्य बढेको हो । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०९ प्रतिशतले घटेको छ ।


