काठमाडौं । झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको एक विमान अवतरणका क्रममा रनवेबाट चिप्लिएको छ।
काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको उडान संख्या ९०१ (जहाज नम्बर 9N-AMF) को विमान अवतरणका क्रममा भद्रपुर विमानस्थलको रनवेबाट बाहिरिएको हो।
विमानमा ५१ जना यात्रु रहेको बुद्ध एयरले जनाएको छ । विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरू सकुशल रहेको बताइएको छ।
घटनापछि स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीहरू उद्धार तथा व्यवस्थापन कार्यमा जुटिरहेका छन्। हालसम्म कुनै मानवीय क्षति नभएको जनाइएको छ।
घटनाको थप विवरण आउन बाँकी रहेको छ।


