मंगलबार, भाद्र २३ गते २०८३
images

रौतहटमा निर्वाचन प्रहरीप्रति आकर्षण:मागभन्दा दोब्बर आवेदन दर्ता

एक्सप्रेस पाना
माघ २, २०८२ शुक्रबार
  • 128
    SHARES
  • रौतहटमा निर्वाचन प्रहरीप्रति आकर्षण:मागभन्दा दोब्बर आवेदन दर्ता

    रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि रौतहटमा निर्वाचन प्रहरी बन्न युवाहरूको ठूलो उत्साह देखिएको छ। जिल्लामा आवश्यक संख्याभन्दा झण्डै दोब्बर बढी आवेदन दर्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

    images

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी विष्णु प्रदीप बस्यालका अनुसार पुस २५ गतेदेखि माघ १ गतेसम्म कुल ६ हजार २ सय ८४ जनाले आवेदन दिएका छन्। जसमा ९ सय ३६ महिला र ५ हजार ३ सय ४८ पुरुष रहेका छन्।

    रौतहटमा निर्वाचन सुरक्षाका लागि ३ हजार ९ सय ५१ जना म्यादी प्रहरीको आवश्यकता रहेको भन्दै यसअघि नै सूचना आह्वान गरिएको थियो।

    images

    आवेदन संकलनका लागि जिल्ला प्रहरी कार्यालय गौर, इलाका प्रहरी कार्यालय गरुडा, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरमा व्यवस्था मिलाइएको थियो।

    निर्वाचन प्रहरीका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका, साधारण लेखपढ गर्न सक्ने र कुनै फौजदारी अभियोग नलागेका नेपाली नागरिकले आवेदन दिएका हुन्।

    आवेदन दिएकाको भर्ना प्रक्रियाको तालिका अनुसार हुनेछ । प्रहरी कार्यलयमा माघ ४ गते सम्पर्क गर्ने, माघ ५ गतेदेखि ९ गतेसम्म छनौट प्रक्रिया र अन्तिम नतिजा प्रकाशन माघ १२ गते हुने जनाइएको छ ।

    निर्वाचनलाई निष्पक्ष र सुरक्षित बनाउन म्यादी प्रहरीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

  • सम्बन्धित विषय:

  • # निर्वाचन