काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह माघ १२ गते जनकपुरधाम जाने भएका छन् ।
संवाद सचिवालयका फणिराज पाठकद्वारा जारी सूचनाअनुसार उनीहरू जानकी मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको छ ।
पूर्वराजाको आगमनलाई लक्षित गर्दै राप्रपा धनुषाले स्वागत तथा व्यवस्थापनको तयारी तीव्र बनाएको छ । पार्टीले श्रवण कुमार झाको संयोजकत्वमा एक हजार एक सदस्यीय मूल समारोह समिति गठन गरेको जनाएको छ ।
जिल्ला अध्यक्ष रामचन्द्र यादवका अनुसार आगमनलाई व्यवस्थित र भव्य बनाउन विभिन्न उपसमिति गठन गरी तयारी अघि बढाइएको छ ।


