बुधबार, भाद्र २४ गते २०८३
images

महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटना

एक्सप्रेस पाना
माघ १४, २०८२ बुधबार
  • 145
    SHARES
  • महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटना

    काठमाडौं । महाराष्ट्रका उपमुख्यमन्त्री तथा राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का अध्यक्ष अजित पवार चढेको विमान दुर्घटनाग्रस्त भएको छ ।

    images

    बुधबार बिहान मुम्बईबाट महाराष्ट्रको बारामती जाँदै गरेको उक्त चार्टर्ड विमान बिहान करिब ८ः४५ बजे दुर्घटना भएको हो ।

    अजित पवार (जिल्ला परिषद्) निर्वाचनका लागि आयोजना गरिएको एक सार्वजनिक सभामा सहभागी हुन बारामती जाँदै थिए । 

    images

    प्रारम्भीक जानकारी अनुसार विमान दुर्घटनाको कारण बारे जानकारी आएको छैन् । घटनापछि अजित पवारको अवस्थाबारे कुनै क्षति नभएको प्रारम्भिक संकेत मिले पनि यसबारे विस्तृत जानकारी आउन बाँकी रहेको बताइएको छ ।

    यसअघि अजित पवार मंगलबार मुम्बईमा थिए, जहाँ उनले मुख्यमन्त्री देवेन्द्र फडणवीसको अध्यक्षतामा बसेको महाराष्ट्र क्याबिनेट समिति (पूर्वाधार) को बैठकमा सहभागिता जनाएका थिए । उक्त बैठकमा महाराष्ट्रका मन्त्री चन्द्रशेखर बावनकुलेलगायत सम्बन्धित अधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।
    एएनआई

  • सम्बन्धित विषय:

  • # विमान दुर्घटना