आइतबार, भाद्र २८ गते २०८३
images

आजको मौसम:हिमाली भू‍भागका केही स्थानमा हिमपात र वर्षाको सम्भावना

एक्सप्रेस पाना
माघ १९, २०८२ सोमबार
  • 112
    SHARES
  • आजको मौसम:हिमाली भू‍भागका केही स्थानमा हिमपात र वर्षाको सम्भावना

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।

    images

    जसका कारण हाल तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको र केही स्थानमा हल्का हिमपात र वर्षा भइरहेको छ । साथै कोशी र मधेश प्रदेशमा आंशिक बादल पनि लागेको छ ।

    महाशाखाका अनुसार, आज तराई भूभागका केही स्थानहरूमा हुस्सु, कुहिरो रहनेछ । देशका हिमाली भू‍भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू‍भागका एकदुई स्थानमा हल्का हिमपात, वर्षाको सम्भावना रहेको छ ।

    images