आइतबार, कार्तिक १६ गते २०८३
images
images

बैतडी जन्तीबस दुर्घटना:मृतक संख्या १३ पुग्यो

एक्सप्रेस पाना
माघ २३, २०८२ शुक्रबार
  • 121
    SHARES
  • बैतडी जन्तीबस दुर्घटना:मृतक संख्या १३ पुग्यो

    काठमाडौं । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृतकको संख्या १३ पुगेको छ।

    images

    बिहीबार राति भएको दुर्घटनामा घाइतेमध्ये थप पाँच जनाको डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

    मृतकमध्ये बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी र उनका १३ वर्षीय छोरा अशोकराज जोशी रहेका छन्।

    images

    त्यस्तै, डडेलधुरा अस्पतालमा उपचारका क्रममा बित्थडचिर गाउँपालिका–७ कै १७ वर्षीय बिसनदत्त जोशी, २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षीय किसनदत्त जोशी, केदारस्युँ गाउँपालिका–७ का २७ वर्षीय केशवराज भट्ट तथा पुर्चौडी नगरपालिका–७ की १४ वर्षीया सुशील जोशीको मृत्यु भएको छ।

    यसअघि दुर्घटनामा पुर्चौडी नगरपालिका–७ की ४० वर्षीया पुष्पा अवस्थी र केदारस्युँ गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्टको पनि ज्यान गएको पुष्टि भएको छ।

    दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # जन्तीबस दुर्घटना