आइतबार, भाद्र २८ गते २०८३
images

तामाकोशी बस दुर्घटना : ज्यान गुमाएका १२ जनाकै पहिचान खुल्यो, पोष्टमार्टम प्रक्रिया रोकियो

एक्सप्रेस पाना
माघ २८, २०८२ बुधबार
  • 178
    SHARES
  • तामाकोशी बस दुर्घटना : ज्यान गुमाएका १२ जनाकै पहिचान खुल्यो, पोष्टमार्टम प्रक्रिया रोकियो

    काठमाडौं । मन्थली नगरपालिका–६ स्थित तामाकोशी नदीमा बस दुर्घटना हुँदा ज्यान गुमाएका १२ जनाकै पहिचान खुलेको छ।

    images

    मंगलबार काठमाडौंबाट रामेछाप हुँदै ओखलढुङ्गाको गाम्नाङतर्फ जाँदै गरेको पूर्वी अरनिको यातायात प्रालिको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए । 

    घाइतेमध्ये ७ जनाको धुलिखेल तथा काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सामान्य घाइते भएका चालकलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

    images

    दुर्घटनामा ज्यान गुमाएकामध्ये ८ जनाको शव मन्थली नगर अस्पतालको पोष्टमार्टम गृहमा राखिएको छ भने ४ जनाको शव रामेछाप अस्पतालमा राखिएको छ।

    तर बस सञ्चालक कम्पनीका आधिकारिक प्रतिनिधि सम्पर्कमा नआएकाले पीडित परिवारसँग क्षतिपूर्ति तथा अन्य मागबारे सहमति जुट्न नसक्दा पोष्टमार्टम प्रक्रिया हालसम्म अगाडि बढ्न सकेको छैन। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

  • सम्बन्धित विषय:

  • # तामाकोशी बस दुर्घटना