आइतबार, भाद्र २८ गते २०८३
images

१५ दिने मिथिला माध्यमिकी परिक्रमा आजदेखि विधिवत सुरु

एक्सप्रेस पाना
फाल्गुण ४, २०८२ सोमबार
  • 85
    SHARES
  • १५ दिने मिथिला माध्यमिकी परिक्रमा आजदेखि विधिवत सुरु

    काठमाडौं । नेपाल भारत सांस्कृतिक सेतुको रुपमा चिनिने मिथिला माध्यमिकी परिक्रमा आजदेखि विधिवत सुरु भएको छ ।

    images

    धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरीबाट भगवान् राम र जानकीको डोलासहित परिक्रमा आजदेखि सुरु भएको हो ।

    परिक्रमाको पहिलो दिन जनकपुरधामस्थित हनुमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधुसन्त तथा श्रद्धालुहरु त्यसको भोलिपल्ट बिहान पूजापाठ गरी भारतको विहार राज्यस्थित कल्याणेश्वरका लागि प्रस्थान गर्नेछन् ।

    images

    परिक्रमामा सहभागीहरू क्रमशः फूलहरको गिरीजास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर र त्यसपछि पूर्णिमाका दिन जनकपुरधाम फर्कने छन् ।

    हरेक वर्ष हुने परिक्रमामा भक्तजनले १५ दिनमा नेपालको १०५ र भारतको २८ गरी कुल १३३ किलोमिटरको दूरीमा पैदल यात्रा गर्छन् । आजदेखि सुरु भएको परिक्रमाको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले डोला उठाएर गरेका छन् । सो क्रममा बोल्दै मुख्यमन्त्री यादवले मधेश प्रदेश सरकारले आगामी दिनमा रामायण सर्किटको कार्य विशेष पहलका साथ अगाडि बढाउने तर्फ लाग्ने जानकारी दिए ।

    उनले आफू स्वयम भारत गएर सरोकारवालाहरुसंग भेटघाट र छलफल गर्ने बताए । मुख्यमन्त्री यादवले अयोध्यालाई सिधा जनकपुरधामसंग जोड्नका निम्ति जनकपुरधाम विमानस्थल विस्तार गर्ने योजना प्रदेश सरकारको रहेको जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # मिथिला माध्यमिकी परिक्रमा