आइतबार, भाद्र २८ गते २०८३
images

इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाउने गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि

एक्सप्रेस पाना
फाल्गुण १८, २०८२ सोमबार
  • 136
    SHARES
  • इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाउने गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि

    काठमाडौं । इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाउने गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि भएको छ । मृत्यु हुने सेक्युरिटी गार्डमा कार्यरत श्रेष्ठ भएको अबुधाबीस्थित नेपाली राजदूतावास र एनआरएनए युएइले जनाएको छ।

    images


    सोमबार नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गरी अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा रेक्युरिटी गार्डमा कार्यरत श्रेष्ठको मृत्यु भएको जनाइएको छ। उनी मिडिल इस्ट कम्पनीमा कार्यरत थिए।


    घटनामा २९ वर्षीय श्रेष्ठको निधन भएको यूएईको परराष्ट्र मन्त्रालय जानकारी दिएको नेपाली राजदूतावासले जनाएको छ। उनको पार्थिश शरीरलाई नेपाल ल्याउन सहजीकरण भइरहेको जनाएको छ।

    images


    यससँगै यूएईमा रहेका सबै नेपालीलाई संयमता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। यूएई सरकारद्वारा जारी गरिएका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड पूर्ण रुपमा पालना गर्न पनि दूतावासले अनुरोध गरेको छ।


    एनआरएनएले २९ बर्षीय श्रेष्ठको शव स्वदेश फिर्ता लैजाने लगायतका सम्पुर्ण कार्यमा नेपाली राजदुतवास सहजिकारणअ गर्न तत्पर रहेको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # इरानी आक्रमण