आइतबार, कार्तिक १६ गते २०८३
images
images

पर्सामा जन्ती बोकेको कार दुर्घटना: चालकको मृत्यु

एक्सप्रेस पाना
फाल्गुण २६, २०८२ मंगलबार
  • 212
    SHARES
  • पर्सामा जन्ती बोकेको कार दुर्घटना: चालकको मृत्यु

    काठमाडौं ।  पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

    images

    बहुदरमाई नगरपालिका–८ रामनगरीका साहेब सहनीको घरबाट सखुवा प्रसौनीको एकडरवा गाउँतर्फ जाँदै गरेको बीआर ०६४५ नम्बरको कार महुवनस्थित गण्डक नहर नजिक दुर्घटनामा परेको हो। अनियन्त्रित भएको कार राति करिब ९ः१५ बजे सडक छेउको पिपलको रूखमा ठोक्किएको थियो ।

    दुर्घटनामा गम्भीर घाइते भएका चालकको बाराको नौतनस्थित एलएस न्युरो अस्पतालमा उपचारका क्रममा राति १०ः१५ बजे मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए। मृतक चालकको नाम र ठेगाना भने अझै खुल्न सकेको छैन ।

    images

    दुर्घटनामा परेर गम्भीर घाइते भएका अर्का एक यात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरी रहेको जनाएको छ । NNB

  • सम्बन्धित विषय:

  • # कार दुर्घटना