आइतबार, भाद्र २८ गते २०८३
images

इन्द्रायणी घाटमा नेपाल भाषा टाइम्सका पूर्वसम्पादक मानन्धरको अन्तेष्टि

एक्सप्रेस पाना
फाल्गुण २७, २०८२ बुधबार
  • 158
    SHARES
  • इन्द्रायणी घाटमा नेपाल भाषा टाइम्सका पूर्वसम्पादक मानन्धरको अन्तेष्टि

    काठमाडौै । भाषा आयोगका सदस्य एवंं नेपाल भाषा टाइम्सका पूर्वसम्पादक, साहित्यकार सुरेश किरण मानन्धरको पार्थिक शरिरलाई इन्द्रायणी (लुती) घाटमा अन्तेष्टि गरिएको छ ।

    images

    ५९ वर्षीय मानन्धरको हृदयाघातका कारण मृत्यु भएको थियो । नेपाल भाषाको साप्ताहिक पत्रिका इनापबाट पत्रकारिता सुरु गरेका मानन्धर विश्वभूमि दैनिकको प्रकाशन गरेका थिए ।

    सन्ध्या टाइम्स तथा नेपालभाषा टाइम्समा सम्पादकको जिम्मेवारीमा रहेका मानन्धरले अप्सरा फिल्म म्यागजिन, कोशल्वहं चिनाखँ स्वलापौ, नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने थाय्भू पत्रिकाको सम्पादक मण्डलमा रहेर पनि काम गरेका थिए ।

    images

    २०४६ सालको जनआन्दोलनको समयमा वीर अस्पतालमा भर्ना भएका गणेशमान सिंहसँग लिएको अन्तर्वार्ताले चर्चित मानन्धर भएका थिए ।

    नेपाल भाषा आन्दोलन, नेपाल सम्बत् आन्दोलन तथा नेवाः संस्कृतिसँग सम्बन्धित विभिन्न विषयमा मानन्धरका थुप्रै लेख प्रकाशित छन् । २०२३ साल कात्तिकमा जन्मिनुभएका मानन्धरका श्रीमती र दुई सन्तान छन् । NNB

  • सम्बन्धित विषय:

  • # सुरेश किरण मानन्धर