आइतबार, भाद्र २८ गते २०८३
images

मनकामना दर्शन गरेर फर्किँदै गरेको ईभी माइक्रोबस दुर्घटना, मृत्य हुनेको संख्या ७ पुग्यो

एक्सप्रेस पाना
चैत्र १, २०८२ आइतबार
  • 124
    SHARES
  • मनकामना दर्शन गरेर फर्किँदै गरेको ईभी माइक्रोबस दुर्घटना, मृत्य हुनेको संख्या ७ पुग्यो

    काठमाडौँ । मनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेका तीर्थयात्री बोकेको ईभी माइक्रोबस दुर्घटनामा पर्दा मृत्यु हुनेको संख्या ७ पुगेको छ भने ८ जना घाइते भएका छन् ।

    images

    शनिबार गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किदै गरेको बा प्र ०१–००६ ख ८४३० नम्बरको विद्युतीय (ईभी) गाडी सहिद लखन गाउँपालिका–३ कान्टारमा राति करिब ८ बज दुर्घटना भएको हो । गाडी सडकबाट करिब २००मिटर तल खसेको थियो ।

    दुर्घटनामा परि मृत्यु हुने ७ जना भारतीय नागरिक रहेका छन् ।

    images

    घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते अर्का एकको थप उपचारका लागि भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

    ओरालो बाटोमा ईभी गाडी तातेर ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # ईभी माइक्रोबस दुर्घटना