आइतबार, भाद्र २८ गते २०८३
images

आज घोडेजात्रा पर्व मनाइँदै ,उपत्यकामा सार्वजनिक बिदा

एक्सप्रेस पाना
चैत्र ४, २०८२ बुधबार
  • 110
    SHARES
  • आज घोडेजात्रा पर्व मनाइँदै ,उपत्यकामा सार्वजनिक बिदा

    काठमाडौं । आज घोडेजात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाडौं उपत्यकामा घोडेजात्रा मनाउने गरिएको छ ।

    images

    नेपाली सेनाबाट आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गर्नेछ ।

    टुँडिखेलको पूर्व–दक्षिण दिशामा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेपछि घोडाको टापले कुल्चिने परम्पराका रुपमा घोडे जात्रा मनाउने गरिएको विश्वास छ ।

    images

    आजकै दिन ललितपुरमा पनि एउटा घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।

    सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

  • सम्बन्धित विषय:

  • # घोडेजात्रा