आइतबार, भाद्र २८ गते २०८३
images

खोटाङमा हेलिकोप्टर दुर्घटना, एक जना घाइते

एक्सप्रेस पाना
चैत्र ४, २०८२ बुधबार
  • 151
    SHARES
  • खोटाङमा हेलिकोप्टर दुर्घटना, एक जना घाइते

    काठमाडौं । खोटाङको केपिलासगढी गाउँपालिका–२ मा हेलिकोप्टर दुर्घटना भएको छ ।

    images

    बेलायतबाट काठमाडौं ल्याइएको शव बोकेर खोटाङ पुगेको एयर याइनेष्टिको नाइन एन– एएफक्यु हेलिकोप्टर अवतरणका क्रममा बिहान ११ः५१ बजे दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कडेँलले जानकारी दिइन् ।

    उनका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । तर, हेलिकोप्टरमा पाइलट सहित सहित ५ जना सवार थिए । एकजना यात्रुको खुट्टामा चोट लागेको छ । घाइतेलाई तत्काल उद्धार गरी नजिकको स्वास्थ्य संस्थामा लगिएको र उनको अवस्था सामान्य रहेको बताइएको छ ।

    images

    दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ । उद्धार कार्यकालागि काठमाडौंबाट अर्को एउटा हेलिकोप्टर पठाइएको जानकारी दिइएको छ ।

  • सम्बन्धित विषय:

  • # हेलिकोप्टर दुर्घटना