आइतबार, भाद्र २८ गते २०८३
images

इटहरीस्थित पूर्वाञ्चल क्याफेमा आगलागी

एक्सप्रेस पाना
चैत्र ११, २०८२ बुधबार
  • 92
    SHARES
  • इटहरीस्थित पूर्वाञ्चल क्याफेमा आगलागी

    काठमाडौं । सुनसरीको इटहरीस्थित पूर्वाञ्चल क्याफे तथा आईसक्रिम पार्लरमा बुधबार बिहान आगलागी भएको छ ।

    images

    इटहरी उपमहानगरपालिका–६ मा रहेको क्याफे एवं आईसक्रिम पार्लरको भान्सा कोठाबाट आगलागी भएको हो ।

    इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालका अनुसार आगलागी अहिले पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ । आगलागी कसरी भयो भन्नेबारे भने अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

    images

    आगलागी नियन्त्रणका लागि सुनसरीका धरान, रामधुनी, इनरुवा तथा मोरङका विराटनगर र सुन्दरहरैंचा लगायत स्थानीय तहका बारुणयन्त्र परिचालन गरिएको थियो । सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएको हो ।

    इटहरी उपमहानगरपालिकाको आफ्नै बारुणयन्त्र भने यसअघि जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएकाले अन्य स्थानीय तहबाट दमकल मगाउनुपरेको थियो ।

    आगलागीबाट भएको क्षतिको विवरण भने हालसम्म सार्वजनिक भएको छैन ।

  • सम्बन्धित विषय:

  • # पूर्वाञ्चल क्याफे