आइतबार, भाद्र २८ गते २०८३
images

गंगा सागर पोखरी नजिक अनाधिकृत टहरा र फुटपाथका पसलहरुमा चल्यो डोजर

एक्सप्रेस पाना
चैत्र १५, २०८२ आइतबार
  • 114
    SHARES
  • गंगा सागर पोखरी नजिक अनाधिकृत टहरा र फुटपाथका पसलहरुमा चल्यो डोजर

    काठमाडौं ।  मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले ‘बुलडोजर मन्त्री’को नाम पाएका छन् । जनकपुरवासीले मन्त्री महतोलाई भारतको युपीका मुख्यमन्त्री योगी आदित्यनाथसंग तुलना गर्न थालेका छन् ।

    images

    विगत केही दिनदेखि आफैं जनकपुरधामको मुख्य सडक, चोक, मन्दिर वरिपरि रहेको फुटपाथहरु खाली गराउँदै हिँडेका गृहमन्त्री महतोले आज डोजर लगाएर अनाधिकृत टहरा र पसलहरु तोडेका छन् ।

    जनकपुरधामको ऐतिहासिक गंगा सागर पोखरी नजिक रहेको हेरिटेज वाक साईट स्थलमा अनाधिकृत रुपमा निर्माण गरिएको टहरा एवम फुटपाथमा सञ्चालन गर्दै आएका पसलहरुमा गृहमन्त्री महतोको नेतृत्वमा पुगेको टोलीले डोजर चलाएर ती संरचनाहरु हटाएका छन् ।

    images

    १० दिन पहिला नै सो स्थानका व्यवसायीहरुलाई ठाउँ खाली गर्न आग्रह गरिएकोमा उनीहरुले अनाधिकृत पसलहरु नहटाएपछि बाध्य भएर डोजर चलाइएको गृह मन्त्री महतोले जानकारी दिए ।

    े जनकपुरधामलाई स्वच्छ, सफा र पर्यटकीय नगरीको रुपमा विकास गर्ने लक्ष्यसहित प्रदेश सरकारले जनकपुरधाम उपमहानगरपालिका र उद्योग वाणिज्य संघ जनकपुरधामको समन्वयमा फुटपाथ खाली गराउन लागेको मन्त्री महतोले बताए ।
    यता, फुटपाथमा व्यवसाय गर्दै आएकाहरुले अन्य स्थानमा जग्गा नदिई गरीब जनताको पसलमा डोजर चलाएर सरकारले मार्न खोजेको गुनासो गरेका छन् । उनीहरुले आफूहरुलाई अर्कै स्थानमा स्थापित गरिदिन आग्रह गरेका छन् ।

    गृहमन्त्री महतोको फुटपाथ खाली गराउने अभियानलाई जनकपुरवासीले अत्यन्त सराहनीय कार्य रहेको भन्दै सामाजिक सञ्जालहरुमा प्रतिक्रिया दिँदै आएका छन् ।

     

  • सम्बन्धित विषय:

  • # गंगा सागर पोखरी
  • # अनाधिकृत टहरा