आइतबार, भाद्र २८ गते २०८३
images

पाटन दरबार स्क्वायरमा चक्कु प्रहारबाट घाइते दाजुभाइको मृत्यु

एक्सप्रेस पाना
चैत्र २६, २०८२ बिहीबार
  • 136
    SHARES
  • पाटन दरबार स्क्वायरमा चक्कु प्रहारबाट घाइते दाजुभाइको मृत्यु

    काठमाडौं । बुधबार साँझ ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु भएको छ ।
    उनिहरुको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    images

    मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–६ घर भई हाल ललितपुरको इमाडोल बस्ने ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय सृजन नेम्बाङ रहेका छन् ।

    चैत २५ मा साँझ उनीहरूमाथि चक्कु प्रहार भएको थियो । दुईपक्षको बिचमा विवाद हुँदा चक्कु प्रहार भएको थियो । दुवै जनाको पेटमा गहिरो चोट लागेको थियो ।

    images

    घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # पाटन दरबार स्क्वायर