बुधबार, भाद्र २४ गते २०८३
images

जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

एक्सप्रेस पाना
बैशाख १७, २०८३ बिहीबार
  • 103
    SHARES
  • जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

    काठमाडौं । जनकपुरधामका सुकुम्बासीहरुले लालपुर्जा माग गर्दै प्रदर्शन गरेका छन् ।

    images

    बिहीबार जनकपुरधाम उपमहानगरपालिकाका २३ विन्धीका सुकुम्बासीहरुले लालपुर्जा माग गर्दै बालेन सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

    उनीहरू जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय, मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गरेका छन् । उनीहरूले ‘लालपुर्जा दे सरकार’, ‘घर भत्काउन पाइँदैन’, ‘डोजर आतंक बन्द गर’लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन् ।

    images

    २० वर्ष पहिला वडाले जग्गा उपलब्ध गराएपछि घर निर्माण गरेर बसिरहेकोमा दुई हप्ता अघि वडा कार्यालयले जग्गा खाली गर्न सूचना टाँसेपछि आफूहरूको विचल्ली भएको सुकुमबासी सीता देवी मुखियाले जानकारी दिइन ।

    उनले २० वर्षमा थोरथोरै पैसा जम्मा गरेर बनाएको घरमा अब सरकारले डोजर चलाउने भनेदेखि आफूहरू कहाँ जाने, छोराछोरीलाई कसरी पाल्ने भन्ने अन्योलमा परेको बताइन ।

    वडा दिएको जमिनको लालपुर्जा प्रदान गर्न सुकुम्बासी मुखियाले जनकपुरधामका मेयर र प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरेका छन् । उनीहरूले लालपुर्जा उपलब्ध नगराए बाटो जाम गरेर सडकमा उत्रिने चेतावनी दिएका छन् ।

    रास्वपा नेतृत्वको सरकारले देशभरका सार्वजनिक र गुठ्ठिको अतिक्रमित जग्गा खाली गराइरहेको छ । यसअघि सरकारले काठमान्डौ, वीरगन्जलगायतका स्थानमा अतिक्रमित जग्गा खाली गराएको छ भने अब जनकपुरधाममा पनि जग्गा खाली गराउन लागिएको हो ।

  • सम्बन्धित विषय:

  • # सुकुम्बासी बस्ती