काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य बढेको छ ।
आज सुन तोलामा ५ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।


