काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य बढेको छ ।
आज सुन तोलामा १३ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।


