काठमाडौं । साताको चौथो कारोबार दिन बिहिबार सेयर बजार घटेको छ ।
आज बजार १३.४६ अंकले घटेर २७६६.७८ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार घटेसंगै बिहिबार कारोबार रकम पनि घटेको छ । बुधबार ५ अर्ब ७३ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ७० करोडको भएको छ ।
त्यसैगरी आज ६३ कम्पनीको सेयर मुल्य बढेको छ भने १९८ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ८ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


