काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार झिनो अंकले घटेको छ ।
आज बजार १.५४ अंकले घटेर २७३३.५९ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार घटेर बन्द भए पनि मंगलबार कारोबार रकम भने बढेको छ । सोमबार ४ अर्ब ८ करोडको कारोबार भएको बजारमा मंगलबार ६ अर्ब को ४४ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १०५ कम्पनीको सेयर मुल्य बढेको छ भने १५१ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १५ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


