बुधबार, भाद्र २४ गते २०८३
images

धितोपत्र बोर्डको अध्यक्षमा डा.गोपालप्रसाद भट्ट नियुक्त

एक्सप्रेस पाना
आषाढ ५, २०८३ शुक्रबार
  • 195
    SHARES
  • धितोपत्र बोर्डको अध्यक्षमा डा.गोपालप्रसाद भट्ट नियुक्त

    काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा.गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ ।

    images

    शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्षमा भट्टराई नियुक्ति गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए ।

    यसैगरी मन्त्रिपरिषद्को बैठकले सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

    images

    यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ः 

    १. नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जोगाउने सम्बन्धी विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने।

    २. नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डा. गोपालप्रसाद भट्ट (कैलाली) लाई नियुक्त गर्ने।

    ३. सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने।

    ४. बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवेक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृति गर्ने।

    ५. राष्ट्रिय सेवा दल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने।

    ६. संघीय संसद्समक्ष देहायका प्रतिस्थापन विधेयकहरू पेस गर्न स्वीकृति प्रदान गर्ने ।

    क) सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक

    ख) सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक

    ग) सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक

    घ) स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक।

  • सम्बन्धित विषय:

  • # धितोपत्र बोर्ड
  • # डा.गोपालप्रसाद भट्ट