मंगलबार, भाद्र २३ गते २०८३
images

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

एक्सप्रेस पाना
आषाढ १२, २०८३ शुक्रबार
  • 151
    SHARES
  • नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

    काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको ४४ हजार ३७ कित्ता संस्थापक सेयर बिक्रीका लागि सूचना प्रकाशित गरेको छ ।

    images

    बैंकका अनुसार हाल बिक्रीमा राखिएको उक्त सेयर खरिदका लागि पहिलो चरणमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् ।

    इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित खरिद आवेदन पेश गर्नुपर्नेछ । बैंकले तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन प्राप्त नभएमा प्रचलित कानुन तथा बैंकको नियमावलीअनुसार उक्त सेयर अन्य व्यक्ति वा कम्पनीलाई बिक्री प्रक्रिया अघि बढाइने जनाएको छ ।

    images

    बैंकले इच्छुक संस्थापक सेयरधनीलाई निर्धारित समयभित्र आवेदन दिई अवसरको सदुपयोग गर्न आग्रह गरेको छ ।

  • सम्बन्धित विषय:

  • # नबिल बैंक