काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार झिनो अंकले घटेको छ ।
आज बजार २ अंकले घटेर २६४९.५१ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार घटेर बन्द भए पनि कारोबार रकम भने सामान्य बढेको छ । बिहिबार २ अर्ब ८३ करोडको कारोबार भएको बजारमा आज ३ अर्ब ९४ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ८५ कम्पनीको सेयर मुल्य बढेको छ भने १७० कम्पनीको सेयर मुल्य घटेको छ । बाकी २० कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।


