काठमाडौं । केहि दिन देखी लगातार घटेको सेयर बजार साताको दोस्रो कारोबार दिन मंगलबार पनि घटेको छ ।
आज बजार २४.६३ अंकले घटेर २६०८.३३ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार घटर बन्द भए पनि मंगलबार कारोबार रकम भने सामान्य बढेको छ । सोमबार २ अर्ब ६७ करोडको कारोबार भएको बजारमा आज ३ अर्ब २५ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ३५ कम्पनीको सेयर मुल्य बढेको छ भने २३५ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ५ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।


