काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार सामान्य बढेको छ ।
आज बजार १२.९६ अंकले बढेर २६८५.५४ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
बजार बढेसंगै शुक्रबार कारोबार रकम पनि बढेको छ । बिहिबार ३ अर्ब ३८ करोडको कारोबार भएको बजारमा आज ३ अर्ब ७५ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज आज १८० कम्पनीको सेयर मुल्य बढेको छ भने ८२ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १३ कम्पनीको सेयर मुल्यमा भने कुनै परिर्वतन आएको छैन् ।


