काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार घटेको छ ।
आज बजार ९.०४ अंकले घटेर २६४१.०५ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
बजार घटेसंगै सोमबार कारोबार रकम पनि घटेको छ । शुक्रबार ३ अर्ब ७७ करोडको कारोबार भएको बजारमा आज ३ अर्ब ६७ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ८२ कम्पनीको सेयर मुल्य बढेको छ भने १८० कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १४ कम्पनीको सेयर मुल्यमा भने कुनै परिर्वतन आएको छैन् ।


