बुधबार, भाद्र २४ गते २०८३
images

गोरखामा मतदातासँग गृहमन्त्री गुरुङको भेटघाट तीव्र

एक्सप्रेस पाना
श्रावण ३१, २०८३ आइतबार
  • 136
    SHARES
  • गोरखामा मतदातासँग गृहमन्त्री गुरुङको भेटघाट तीव्र

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो चुनावी क्षेत्रमा मतदातासँगको भेटघाटलाई तीव्र बनाएका छन्।

    images

    आइतबार गोरखाको सहिद लखन गाउँपालिका पुगेर मन्त्री गुरुङले स्थानीयवासीका गुनासा तथा समस्याबारे जानकारी लिएका हुन्।

    भेटका क्रममा स्थानीयवासीले सडक, मल तथा खानेपानीलगायतका समस्या समाधानका लागि सरकारको सहयोग मागेका थिए। जवाफमा मन्त्री गुरुङले स्थानीयका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गर्ने भन्दै आफ्ना मतदातालाई ढुक्क रहन आग्रह गरेका छन्।

    images

    उनले जनताका आधारभूत आवश्यकता र स्थानीय समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री